ताजा अपडेट »

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ (तस्वीरहरु)

शुक्रबार, ०५ मंसिर २०७७, २० : ४६
8 Shares
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली छठ पर्वको दोश्रो दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिन दण्ड प्रणाम (दूरी नाप्दै घस्रँदै) । कोरोना महामारीका कारण यस वर्ष प्रमुख पराजुलीले विराटनगर–३ स्थित आफ्नो घरको बारीमा निर्माण गरिएको पोखरीमा पूजा गर्न जानुहुँदै । प्रमुख पराजुली विगत १६ वर्षदेखि छठ पर्व मनाउनका लागि घरदेखि सिंघिया घाटसमम करिव छ किलोमिटर दण्ड प्रणाम गर्दै जानु हुन्थ्यो । तस्वीर : मनोज दाहाल /रासस
आस्थाको महापर्व छठ पर्व अन्तर्गत व्रतालुहरूले शुक्रबार यहाँ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका छन् । व्रतालुहरू यहाँको इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायतका पोखरीमा अर्घ सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अर्घ सामग्रीमा ठकुवा, कसार, केरा, उखु , मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । तस्वीर : हिमांशु चौधरी/ रासस
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।