ताजा अपडेट »

नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण

शुक्रबार, ०५ मंसिर २०७७, १६ : ४८
2 Shares

बुटवल । नेपालमा थप १९४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ९ सय ४५ जनामा संक्रमणको पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।