ताजा अपडेट »

पाल्हीनन्दनमा कृषिलाई मर्यादित बनाउँन प्रोत्साहन कार्यक्रम

शुक्रबार, ०५ मंसिर २०७७, १० : ३६
4 Shares

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले कृषि पेशालाई मर्यादित बनाउँन कृषक प्रोत्साहन कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रमा आधुनिकरण र कृषि पेशालाई व्यवसायिक बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखी आकर्षक बजेट विनियोजन गरेको छ ।

कृषि प्रधान गाउँपालिका रहेको पाल्हीनन्दनका किसानहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन र कृषकहरुलाई प्रोत्साहन गर्न गाउँपालिकाले १ करोड २६ लाख ५० हजार रुपैया बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले (दिपक) जानकारी दिए । उनले कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत किसानहरुलाई उन्नत जातको गहुँ, धान, दलहलतेलहनको बिउ, तर–तरकारीका बिउबिजन, मल खाद, औषधी र कृषि यन्त्रमा बोरिङ्ग, पम्पिङ्गसेट, हातेटेक्टर लगायतका स–साना कृषि औजारहरु अनुदानमा वितरण गरिने बताए ।

त्यस्तै उनले पशुपन्छी तर्फ पनि माछा, माछा पोखरी, कुखुरा, खशीबोका, गाईभैसी पालनमा अनुदान र विमामा अनुदान दिने, माटो सुधार कार्यक्रम संचालन गर्ने, बालीनाली तथा पशुपन्छी विमा गराउने र वैज्ञानिक तरिकाले कृषि क्षेत्रको व्यवस्थापन गर्ने गाउँपालिकाको योजना रहेको जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।