ताजा अपडेट »

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

विहीबार, ०४ मंसिर २०७७, १७ : ३९
4 Shares

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् । राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौँका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेको थिइन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिए । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएको थिइनन् ।

रासस
लेखकको बारेमा
रासस