ताजा अपडेट »

६३ करोड लागतमा टेन स्टिल्स् उद्योग, वार्षिक ५० हजार टन उत्पादन लक्ष्य

विहीबार, ०४ मंसिर २०७७, १० : ५१
22 Shares

बुटवल । पश्चिम नेपालमै पहिलो पटक जर्मन प्रविधिको प्रयोग गरी फलाम पाइप (एम.एस.) उत्पादन सुरु भएको छ । नवलपरासीको रामग्राम-१५, सुक्रौलीमा टेन स्टिल्स् प्रा.लि.ले साढे २ विगाह क्षेत्रफलमा उद्योग स्थापना गरी जर्मन तथा अमेरिकन प्रविधिमा फलामका पाइपहरु उत्पादन सुरु गरेको कम्पनीका सञ्चालक धिरज अग्रवालले बताए ।

स्थानीय ४ जना युवाहरुको सक्रियतामा करिव ६३ करोडको लगानी सहित स्थापना गरिएको यस उद्योगले वार्षिक ५० हजार टन एम.एस. पाईपहरु उत्पादन गर्ने लक्ष्य लिएको अग्रवालले जानकारी गराए । ‘भविष्यमा नेपालको २०/२५ प्रतिशत बजार ओगट्ने गरी उद्योगबाट उत्पादन सुरु गरेका छौ ।’-कम्पनीका अर्का सञ्चालक अमर चन्द्र अग्रवालले भने ‘उद्योगमा थप मेसिन जडान गरी थप रोजगार स्थापनाका लागिसमेत भूमीका खेल्ने हाम्रो लक्ष्य हो ।’ उद्योगले अहिले पनि आफ्नो उत्पादनलाई नेपालका मुख्य शहरशरुमा पुर्याउने गरेको उनले बताए ।

प्रत्यक्ष तथा अप्रत्यक्ष सय बढीले रोजगार पाइरहेको यस उद्योगका प्राविधिक क्षेत्रहरुमा स्थानीय जनशक्तिहरुको अभावका कारण नेपालीभन्दा बढी भारतीय कामदारलाई स्थान दिनु परेको संचालक धिरज अग्रवाल बताएका छन् । कम्पनिले हाल ०.५ ईन्च देखि ३ ईन्च सम्मका राउण्ड, रेकटेङ्गल तथा स्क्वायर ब्ल्याक एम.एस. पाईपहरु बिभिन्न तौलमा उत्पादन गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।