ताजा अपडेट »

नेकपा सचिवालयको बैठकपछि मन्त्रिपरिषद बैठक

बुधबार, ०३ मंसिर २०७७, १२ : ३१
2 Shares

बुटवल । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रि परिषद बैठक तथा पार्टीको सचिवालय बैठकको समय जुधेपछिको अन्यौलता तत्काललाई टरेको छ ।

पछिल्लो समय विवादित बन्दै आएको नेकपाका अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाए लगत्तै सोही समयका लागि मन्त्रिपरिषदको बैठक आह्वान गरेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अन्ततः मन्त्रिपरिषद बैठकको समय परिवर्तन गरेका हुन् । यो सँगै नेकपाको सचिवालय बैठक निर्धारित समय दिउँसो एक बजे बालुवाटारमा बस्ने छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत् सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी गराएका छन् । त्यस्तै, प्रधानमन्त्री ओलीले आजै दिउँसो १ बजे बस्ने भनिएको बैठक दुई बजे बस्ने भएको छ ।

पार्टीमा देखिएको विवादका कारण नेकपा सचिवालयको बैठक र मन्त्रिपरिषद्को बैठक जुधाइएको थियो । एक बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक दुई बजेका लागि सारिएको छ । त्यस्तै पर्यटनमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले बुधबार बिहानै ‘सर्वाधिक कठिन समय’, भनेर सामाजिक संजालमा लेखेका छन् । नेकपाको अघिल्लो सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध पेश भएको प्रस्ताव फिर्ता लिनुपर्ने अध्यक्ष ओली पक्षको अडान र प्रस्ताव फिर्ता नलिने प्रचण्डपक्षको अडानका कारण आजका लागि बोलाइएको बैठक नेकपा नेता तथा कार्यकर्ताहरुका लागी महत्वपूर्ण हुने आँकलन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।