ताजा अपडेट »

लठौवा नृत्य !

बुधबार, ०३ मंसिर २०७७, १० : ४९
18 Shares

कञ्चनपुर । यो नाच समूहमा देखाइने गरिन्छ । दुई वटा लहरमा आकर्षक पहिरनमा रहने युवाहरुले मादलको तालसँगै विभिन्न मुन्द्रमा नाचलाई पस्कने गर्दछन् । तान्त्रिक विधिको प्रयोग गरी लठौवा नाच देखाइने गरिन्छ । नाच निकै आकर्षक र मनमोहक हुने भएकाले दर्शकले यस नाचको बढी माग गर्ने गर्दछन् । हातमा लाठी(लौरो) लिएका युवाहरुले पिथ्युँमा मयुरको प्वाँख बाँधेर आकर्षक तरिकाले परम्परागत गीत गाउँदै नाचलाई प्रस्तुत गर्दछन्।

नाच टोलीलाई भवितव्यबाट जोगाउन गुरुबासमेत सँगसँगै हिँड्ने गर्दछन । गुरुबाले निश्चित घेरा बनाएपछि नाचलाई सोही ठाउँमा देखाउने गरिन्छ । थारु समुदायको यस सामूहिक लोक नृत्यमा एक जना हास्यव्यङ्ग्य गर्ने व्यक्ति पनि रहने गर्दछन् । यिनलाई थारु भाषामा ‘सोङ्ग्या’ भन्ने गरिन्छ । नृत्यमण्डलीमा रहने गुरुबा (तान्त्रिक) ले परम्परागत विधिद्वारा नाचको प्रारम्भ गर्ने र पूजा विधिद्वारानै समापन गर्ने गर्दछन् ।

रासस
लेखकको बारेमा
रासस