November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

परिवर्तन भन्दा स्थायित्व आवश्यकता : मुख्यमन्त्री

327

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले देशमा आवश्यकता परिर्वतन नभइ स्थायित्व भएको बताए । आइतबार दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मूर्तिको अनावरण कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ९र१० महिनामा सरकार फेर्न बानी लागेका नेताहरुलाई अहिले सरकार फेर्न मन लागेको समेत बताए । उनले सरकार फेरेपछि केही पाइन्छ, की भनरे सरकार फेर्न लागेको इंगित गरे । त्यस्तै उनले सरकार बदल्ने जनताको हितसँगको कुरा नभएको बताए ।

‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसंगको कुरा हो । नत राष्ट्रको हितसंगको कुरा,’ उनले भन्ने,‘ अहिलेको आवश्यकता भनेको राजनितिक स्थायित्वको आवश्यकता हो । देशमा विकास र समृद्धिकोे योजनावद्ध पहलको आवश्यकता हो ।’ त्यसैगरी मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछि ३ बर्षमा धेरै प्रगित भएको भन्दै राम्रो गरिरहेको अवस्थामा यो पनि भएन, त्यो पनि भएन, भन्ने कुराले अस्थिरतामा खेल्न चाहानेहरुको खेल भएको उनले आरोप लगाए । ‘ नेपाली जनना स्थायित्वको पक्षमा छन् । अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरु छन् । अझ धेरै राम्रो गर्नु पर्ने छ । त्यसको लागी सबै साझेदार बन्नु पर्दछ,’ उनले भन्ने,‘ देश बनाउने काम सरकारको मात्रै हो भनेर छोड्ने काम नगरौँ । सबै ठाउँका जनताहरुले हाम्रो काम भनेर गरेपछि त्यहाँ सरकार जोडिने र देशको विकास हुन्छ ।’

त्यसैगरी उनले प्रदेश सरकारले कोरोना भाइरसका विरुद्धमा रामै काम गरिरहेको समेत दावि गरे । ‘शुरुमा प्रदेशमा कोरोना विरुद्धको लडाइका लागी लड्न संरचनाहरु शुन्य थियो । एउटा परीक्षण गर्न काठमाडौं पठाउनु पर्ने बाध्यता थियो । अहिले प्रदेशमा दैनिक ९र१० वटा प्रयोगशालाबाट परीक्षण भइरहेको छ,’उनले भन्ने,‘ काठमाडौँ उपत्यकापछि सबै भन्दा बढि प्रयोगशाला भएको प्रदेश लुम्बिनी हो । लुम्बिनी प्रदेश स्वास्थ्य सुरक्षाको दृष्टिले धेरै बलियो ठाउँ होइन् । तर हामीले यहाँ जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिएका छौँ ।’ साथै उनले लुम्बिनी प्रदेशमा अहिलेसम्म भेन्टीलेटरको अभाव नभएको समेत बताए।

उनले अहिलेसम्म भएका विरामीहरुलाई भेन्टिलेटरको अभाव छैन्, तर अक्सिनको अभाव भएको बताए । अहिले धेरै भन्दा धेरै विरामीहरुलाई अक्सिजन चाहिन्छ । तर हामीसंग प्राप्त अक्सिजन प्लान्ट नभएको कारण समस्या भएको छ । त्यसको लागी पनि प्रदेश सरकारले प्रक्रिया अगाढी बढाएको समेत उनले बताए । २४ लाख १६ हजार रुपैयाँमा फाइबरबाट निर्माण गरिएको बुद्धको मूर्ति १७ फिट अग्लो रहेको छ । मूर्ति निर्माणका लागि प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगबाट मुर्ति निर्माण गरिएको शान्ती उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले बताए। दक्षिण एशियाको ठुलो पार्कको रुपमा दावी गरिएको भनिएको राप्ती शान्ति उद्यान गणेशपुरलाई शान्तिको सन्देश दिने स्थलको रुपमा विकास गरिएको हो ।

राप्ती शान्ति उद्यान र त्यसमा शान्तिका प्रबद्र्धक गौतम बुद्धको शालिक राखि यहाँबाट शान्तिको बिगुल फुकिने अपेक्षा गरिएको छ । २०५२ सालदेखि शुरु भएको तत्कालिन द्धन्द्ध कालको उद्गमको रुपमा रहेको साबिक राप्ती अञ्चलका रोल्पा,रुकुम,सल्यान,दाङ र प्यूठान भएकाले शान्तिको सन्देश दिन राप्ती शान्ति उद्यान निर्माण गरिएको हो । अहिले दैनिक एक हजार जति आन्तरिक पर्यटकहरु पार्कमा आउने गर्दछन् ।

पछिल्लो अपडेट