ताजा अपडेट »

युवतीहरुलाई रुपन्देहीमा ‘आत्मरक्षा’ तालिम

शनिबार, २९ कार्तिक २०७७, १९ : ०९
68 Shares

बुटवल । महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला रुपन्देहीको सैनामैना नगरपालिकामा हिंसा विरुद्ध आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

महिला हिंसाका घटनाहरु बढ्न थालेपछि त्यसलाई निर्मूल पार्नकै लागि ‘परिवर्तनको सुरुवात हामी आफै बाट गर्नुपर्छ’ भन्ने नाराका साथ पाँच दिने आत्मरक्षा तालिम प्रदान गरिएको हो । बलात्कार तथा हिंसाजन्यबाट बच्ने उपाय र सतर्कताबारे ज्ञान दिलाउने उद्देश्यले नगरका विभिन्न वडाका करिब ४० जना युवतीहरुलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक एवम् हिंसा विरुद्धको अभियानको नेतृत्व गरिरहेकी प्रियंका भण्डारीले जानकारी दिइन् ।

उक्त तालिमको बुधबार एक कार्यक्रमका बीच समापन गरिएको छ । समापन कार्यक्रमका वडा नं.८ का वडाध्यक्ष राम शरण न्यौपानेले आत्मरक्षाको तालिमपछि चेली छोरीहरु महिला हिसांका घटनाहरु न्युनिकरण गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

सैनामैना अभिभावक संघका अध्यक्ष विष्णु पाण्डेले महिलाहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम राम्रो रहेको बताउँदै अभिभावकका हिसाबले हरेक कार्यमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रशिक्षकहरुको तर्फबाट बोल्दै नेपाल तेक्वान्डो संघका प्रदेश सदस्य (फोर्थ दान ब्ल्याक बेल्ट ) एवम् प्रशिक्षक सञ्जय विश्वकर्माले तालिम महिलाका लागि निकै प्रभावकारी भएको बताए ।

तालिमबाट आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा सिक्ने अवसर पाएको तालिममा सहभागि युवतीहरुले बताएका छन् ।
तालिम अवधिभर न्यु बुद्ध स्टार सैनामैनाका प्रमुख प्रशिक्षक सञ्जय विश्वकर्मा, सहायक प्रशिक्षकद्धय विकास पाण्डे, सरोज वि।क र हिमाल इङ्लिस बोर्डिङ्ग स्कुलका तेक्वान्डो प्रशिक्षक सागर सुनारले प्रशिक्षण दिएका थिए ।

तालिमको समापनको दिन बुधबार प्रशिक्षार्थी पूजा ढकाल र सम्झना खरेलले सिकेको कला (डेमो) प्रदर्शन गरेका थिए । सैनामैनाको वडा नं.२ स्थित बाबरी पार्टी प्यालेस र सैनामैना ८ स्थित सत्चिन्तन भवनको हलमा गरी दुई समुहमा आत्मरक्षा तालिम प्रदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।