ताजा अपडेट »

थप १ हजार ९४६ जनामा कोरोना संक्रमण, १३ संक्रमितको मृत्यु

शनिबार, २९ कार्तिक २०७७, १६ : २४
4 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७० हजार ६३२ जना स‌ंक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ । क्वारेन्टिनमा भने १०५७ जना रहेका छन् ।नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।