ताजा अपडेट »

पहाडी जिल्ला गुल्मीमा देउसी भैलो खेल्न निषेध

शनिबार, २९ कार्तिक २०७७, ०७ : १३
6 Shares

गुल्मी । लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा पनि देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै देउसी भैलो खेल्नका निषेध गर्ने जनाएको हो। जिल्लामा कारोना संक्रमणको दर बढिरहेकाले चाडपर्व मनाउँदा जो जहाँ छ, त्यही मनाउनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

चाडपर्वको समयमा मानिसहरुको आवतजावत र चहलपहल बढ्न जाँदा संक्रमण झनै फैलन सक्ने भएकाले तिहारको समयमा समूहमा खेलिने देउसी भैलो जस्ता नाचगान नगर्न र नगराउन प्रशासनले आग्रह गरेको प्रशासनले जनाएको छ । दियो, मैनबत्ती, पाला एवं विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी जस्ता विपद्का घटनाहरु हुन नदिन सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । जुवातास खेल्ने र खेलाउने, मदिराको बेचविखन र सेवन नगर्नसमेत सूचनामा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।