ताजा अपडेट »

गुल्मीमा जीप दुर्घटना : १ जनाको मृत्यु ,७ घाइते

शुक्रबार, २८ कार्तिक २०७७, ०९ : ०४
4 Shares

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । गएराती जिल्लाको गुल्मीदरवार गाउँपालिकाको वडा नम्बर–२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटनामा परेर चालक २४ वर्षका खेम गाहा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रबीणलाल श्रेष्ठले जानकारी दिए ।

जीपमा सवार ३ जना गम्भीर घाइते भएका छन् । अन्य २ जना मध्यम र २ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि पाल्पा प्रवासमा थप उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी उपरिक्षक (एसपी) श्रेष्ठले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।