ताजा अपडेट »

बैतडीमा भीरबाट बस खस्दा ९ को मृत्यु, ३४ जना घाइते

शुक्रबार, २८ कार्तिक २०७७, ०७ : ००
6 Shares


बुटवल । बैतडीमा भीरबाट बस खस्दा ९ जनाको मृत्यु भएको छ । खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलादेखि महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार गएराति १०बजेतिर भीरबाट खसेको थियो ।

दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २ महिला र ७ पुरूष रहेका छन्। बसमा४० बढी यात्रु रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।