ताजा अपडेट »

पार्टीका अन्तरविरोधले संघीयतामा असर गर्दैन : विश्वकर्मा

विहीबार, २७ कार्तिक २०७७, १८ : ४१
10 Shares

भैरहवा । प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले कुनै पनि पार्टीको अन्तरबिरोधको कारण संघीयतामा कुनै असर नपर्ने बताएका छन् । उनले अहिले नेपालका मूल राजनैतिक पार्टीमा देखिएका अन्तरबिरोधका कारण संघीयता बिरोधीहरु सल्बलाउन थालेको बताउँदै अगाडी बढी सकेको संघीयताको विषयमा कुनै शंका नगर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी रुपन्देही निर्वाचन क्षेत्र नम्बर १(१) ले विहिबार धकधईमा आयोजना गरेको जनता आवास कार्यक्रम तथा बिकास निर्माण समृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले अहिले नेकपा मात्रै हैन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीमा पनि अन्तरबिरोध रहेको बताए । उनले पार्टी सुदृढिकरणको लागि अन्तरबिरोध आवश्यक रहेको जिकिर गर्दै यसले सम्बन्धित पार्टी र संघियता कार्यान्वयन र लोकतन्त्रमा कुनै असर दावी गरे ।

यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले अहिलेको विकास दक्षिणी क्षेत्रबाट सुरु गरिने बताए । उनले दक्षिणी भेगका सीमावर्ती क्षेत्रबाट सुरु गरि उत्तरतर्फ लैजाने प्रदेश सरकारको योजना रहेको बताए । सोही अनुसार अहिले सीमावर्ती क्षेत्रहरुमा बिभिन्न बिकास निर्माणका कामलाई अगाडी बढाईएको बताए । भौतिक पूर्वाधार मात्र नभई त्यहाँ बस्ने स्थानीयहरुको जिवनस्तर उकास्न पनि प्रदेश सरकारले बिभिन्न सीपमूलक एवम आयमूलक कार्यक्रमहरु सञ्चालन गर्ने उनले जानकारी दिए ।

यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले प्रदेश र संघले कार्यक्रम गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरे । उनले गाउँपालिकामा जनता आवास कार्यक्रमले स्थानीय जनता नै लाभान्वित हुने भए पनि यसको छनौट विधि पारदर्शी गर्न केन्द्र र संघ अग्रसर हुनु पर्ने बताए । जनता आवास कार्यक्रम अन्र्तगत छनौट प्रक्रियादेखी यसका अनुगमन र फछ्र्यौटसम्ममा कुनै भुमिका नभएको उनले गुनासो गरे ।

रोहिणी गाउँपालिकाको वडा नम्बर ३ र ७ का अति विपन्न ११ जनाको जनता आवास कार्यक्रम अन्र्तगत घर निर्माण गर्ने गरि छनौट गरिएको छ । वडा नम्बर ३ मा ४ जना र वडा नम्बर ७ मा ७ जनाको घर निर्माण गरिने नेकपा क्षेत्र नम्बर १(१) का संयोजक संजय गुप्ताले जानकारी दिए । उनले प्रत्येक घरको लागि ३ लाख ३६ हजार बजेट बिनियोजन भएको बताए ।

सांसदद्वारा स्वास्थ्य सामाग्री प्रदान

प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत पर्ने रोहिणी गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । कोरोना भाईरस नियन्त्रणका लागि थोरै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले स्वासथ्य सामाग्री प्रदान गरिएको विश्वकर्माले बताए । गाउँपालिकालाई १ थान थर्मल गन, ५ थान फेस सिल, ६ सय थान सर्जिकल मास्क, ५ थान चश्मा र ३ थान सेनेटाईजर प्रदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।