ताजा अपडेट »

पुस्तकमा लगाईएको कर खारेजप्रत्ति रुपन्देही उद्योग संघको आपत्ति

विहीबार, २७ कार्तिक २०७७, १७ : ४९
4 Shares

बुटवल । सरकारले विदेशबाट आयात हुने पुस्तकहरुमा भन्सार महशुल लगाउने गरि गरिएको व्यवस्थालाई खारेज गरेको भन्दै रुपन्देही उद्योग संघको ध्यानाकर्षण भएको छ । सरकारले आर्थिक वर्ष २०७६/२०७७ को बजेट मार्फत विदेशमा छपाई गरी नेपाल भित्र आयात गरिने पुस्तकहरुमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गरेको थियो । तर, कात्तिक २४ गते बसेको मन्त्रीपरिषदको बैठकले उक्त व्यवस्थालाई खारेज गरेको थियो ।

संघले विदेशबाट आयात हुने पुस्तक लगायतका मुद्रित वस्तुमा कर नलाग्ने तर स्वदेशमा मुद्रणका लागि आयात हुने कच्चा पदार्थमा भन्सार महशुल १५ प्रतिशत र भ्याट १३ प्रतिशत गरी २८ प्रतिशत कर लाग्ने व्यवस्थाले नेपाली मुद्रण उद्योगीहरुलाई प्रतिस्पर्धी बन्न, स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्न र स्वदेशमा नै रोजगार सृजना गर्न असहज हुने भन्दै दुखेसो गरेको छ ।

नेपालमा निजी लगानीमा स्थापित मुद्रण उद्योगहरु नेपाल भित्र आवश्यक पर्ने सम्पूर्ण मुद्रित सामाग्रीहरु तोकिएको गुणस्तर र समयमा उत्पादन गर्ने बताउँदै विना अध्ययन एकल निर्णय गरिनुले सिमित व्यक्तिको स्वार्थ सिद्ध भएपनि स्वदेशी लगानी, रोजगारी र राज्यको अर्थतन्त्रमा ठूलो नोक्सान पुग्ने दाबी गरेको छ ।

संघले उक्त निर्णय तत्काल सच्चाउन र स्वदेशी उद्योगहरुको संरक्षण गर्नु माग गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।