December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

यी हुन् कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० देश

315

काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट विश्व नै आक्रान्त बनिरहेको छ । गत डिसेम्बरमा चीनको हुवेई प्रान्तबाट फैलिएको सो भाइरसबाट अहिले सम्म ५ करोड २४ लाख बढी संक्रमित भैसकेका छन् ।

वर्ल्डोमिटरका अनुसार बिहिबार बिहानसम्म विश्वभर कुल संक्रमितको संख्या ५ करोड २४ लाख २१ हजार १ सय ३२ रहेको छ । १२ लाख ८८ हजार ८ सय ९५ जनाको मृत्यु भैसकेको छ भने ३ करोड ६६ लाखबढी संक्रमित उपचारपछि निको भैसकेका छन् । चीनबाट इटली हुँदै फैलिएको कोरोनाभाइरस अहिले विश्वको २ सय १७ देशमा फैलिएको छ ।

कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित देश:-

१. कोरोनाबाट अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । अहिलेसम्म अमेरिकामा १ करोड ७ लाख बढी संक्रमित रहेका छन् । २ लाख ४७ हजार ३ सय ९७ जनाको मृत्यु भैसकेको छ भने ३८ लाख १५ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

२. कोरोनाबाट दोस्रो धेरै प्रभावित देश हो, भारत । अहिलेसम्म भारतमा ८६ लाख ८४ हजार बढी संक्रमित भैसकेका छन् । जसमा १ लाख २८ हजार १ सय ६५ जनाको मृत्यु भैसकेको छ । ८० लाख उपचारपछि निको भैसकेका छन् ।

३. दक्षिण अमेरिकी मुलुक ब्राजिलमा अहिलेसम्म ५७ लाख ४९ हजार बढी संक्रमित भैसकेका छन् । जसमा १ लाख ६३ हजार ४ सय ६ जनाको मृत्यु भैसकेको छ । ५ लाख २१ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

४. फ्रान्स कोरोनाबाट सबैभन्दा धेरै प्रभावित रहेको युरोपेली देश हो । अहिलेसम्म यहाँ १८ लाख ६५ हजार बढी संक्रमित भैसकेका छन् भने ४२ हजार ५ सय बढीको मृत्यु भएको छ ।

५. रसिया पनि कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशमध्ये पर्दछ । अहिलेसम्म यहाँ १८ लाख ३६ हजार बढी संक्रमित भैसकेका छन् भने ३१ हजार बढी मृत्यु भैसकेको छ । ४ लाख ३६ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

६. स्पेन कोरोनाबाट धेरै प्रभावित हुनेको सूचीमा छैटौं स्थानमा रहेको छ । यहाँ अहिलेसम्म १४ लाख ६३ हजार संक्रमित भैसकेका छन् । ४० हजार १ सय ५ जनाको मृत्यु भैसकेका छ ।

७. अर्जेन्टिनामा कोरोनाभाइरसबाट अहिलेसम्म १२ लाख ७३ हजार बढी संक्रमित रहेका छन् । जसमा १० लाख ८१ हजार बढी उपचारपछि निको भैसकेका छन् भने ३४ हजार ५ सय बढीको मृत्यु भैसकेको छ ।

८. बेलायत कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशमध्ये एक हो । १२ लाख ५६ हजार बढी संक्रमित रहेको बेलायतमा ५० हजार बढीको मृत्यु भएको छ ।

९. कोलम्बियामा अहिलेसम्म ११ लाख ६५ हजार बढी संक्रमित भैसकेका छन् । ३३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । ६१ हजार सक्रिय संक्रमित रहेका छन् ।

१०. इटली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशमध्ये एक हो । यहाँ अहिलेसम्म १० लाख २८ हजार बढी संक्रमित रहेका छन् । जसमा ४२ हजार बढीको मृत्यु भएको छ । ३ लाख ७२ हजार बढी उपचारपछि निको भैसकेका छन् ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

global-corona-notice

पछिल्लो अपडेट