ताजा अपडेट »

सीमामा पार्किङ सेवासहित भारतीय बजारमा किनमेल

विहीबार, २७ कार्तिक २०७७, ०८ : ३३
4 Shares

परासी । पश्चिम नवलपरासीको मुख्य महेशपूर भन्सारबाट आवत-जावत नभएपनि खेतैखेत दैनिक रूपमा हजारौं नेपाली किनमेल गर्न भारतीय बजारमा गईरहेका छन्। तिहार चाडपर्वमा आवश्यक पर्ने सरसामानहरू र मुख्य रुपमा कपडाको किनमेल नेपालीहरू कोरोनाको जोखिम मोलेरै चितवन सम्मका नागरिकहरू गाडी रिजर्व गरी आउने गर्दा सुरक्षा चुनौती समेत थपिएको छ।

भारतमा किनमेल गर्न यातायातका कुनैपनि साधनमा जान नपाईने र खेतको बाटो प्रयोग गरेर जानेहरूलाई लछित गरी ७/८ वटा पर्किङ स्थल र रसिद नै काटेर व्यवस्थापन गर्दा ५०० मिटरको नजिकै रहेको महेशपुर प्रहरी चौकीले कुनै पनि कारबाही र सिमानाको आउजाउ रोकथाम गर्न सकेको छैन। खेतको बाटो भएरै हिडेपछि किसानहरूले लगाएको खेती समेत नोक्सान भएको गुनासो गरेका छन्।

नेपालको मुख्य गेटबाट आवतजावत रोकेर खेतबाट खुलेयाम आवतजावत हुनु र दसगजामा सुरक्षाकर्मीको उपस्थित न्यून हुदाँ लाखौं मुल्यका सामग्रीहरू पक्राउ परिरहेको र बजारमा पटेकाहरू पड्किरहेको पाल्ही नन्दन- २का स्थानीय बासिन्दा लख्खु तेलीले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।