१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

काठमाण्डौं । डिभिजन सडक कार्यालय काठमाडौँले समयमा काम नसक्ने रुग्ण ठेक्काका अवस्था बुझेर ठेकेदारलाई कारबाहीको प्रक्रिया शुरु गरेको छ । डिभिजनअन्तर्गत विभिन्न कारणले समयमा सम्पन्न नभएका ३२ ठेक्का रहेका छन् । ती ठेक्कामा संलग्न निर्माण कम्पनीसँग सम्पर्क गरेर ढिलाइको बारेमा बुझ्न थालिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए ।

उनका अनुसार तीमध्ये धेरै व्यवसायी सम्पर्कमा समेत आइरहेका छन् । सम्पर्कमा नआएका कम्पनीसँग सम्पर्कको प्रयास गरिएको उनले बताए  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्णय गरेर रुग्ण ठेक्काको अवधि एक वर्ष थप गरेको थियो । उनले भने, “यो महिना भित्रमा कुनकुन ठेक्कामा समस्या के हो भनेर बुझिनेछ । त्यसपछि अर्को प्रक्रियामा जान्छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।केही महिना पहिले डिभिजन सडक कार्यालय लहान र हेटौँडाले काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राखेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?