November 27, 2020, Friday
२०७७ मंसिर १३, शनिबार

कोरोना संक्रमितलाई घरमै अक्सिजन र खाद्यान्न

255

झापा । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड–१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय गरेको छ । नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमाम बसेका बेला कुनै संकट नहोस् भनेर निर्णय गरेको हो । 

नगरपालिकाले न्यूनतम् १४ दिनका लागि पुग्ने खाद्य सामग्री राहतमा उपलब्ध गराउने समेत निर्णय गरेको हो ।  गरपालिकाले धाइजन स्वास्थ्य चौकी रहेको भवनमा ३० शै्ययाको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय यसअघि गरिसकेको छ ।

पछिल्लो अपडेट