१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

तिनाउ । पाल्पाको तिनाउ-१ र २ वडाका खुर्साने तथा आरखुदीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाईनको विद्युत पुगेपछि त्यहाँका जनता खुशी भएका छन् । गाउँपालिकाको २ लाख २५ हजार तथा नेपाल विद्युत प्राधिकरणको प्राविधिक तथा अन्य सम्पूर्ण लगानीमा गाउँका २ सय १० घर परिवारमा विद्युत पुगेपछि गाउँलेहरु खुसी भएका हुन् । गाउँमा विद्युत पुगेपछि बुधबार स्विच थिचेर उद्घाटन गर्दै गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले गाउँमा आएको विद्युतलाई वत्ति बाल्न मात्र नभई व्यवसायिक प्रयोजन गरि आत्मनिर्भर तर्फ लाग्न आग्रह गरे ।

विद्युतको सही सदुपयोग गरि रोजगारीका कर्ममा लाग्न सुझाव दिँदै उनले प्रयोग गर्दा हुन सक्ने दुर्घटनाबाट सजगता अपनाउन समेत आग्रह गरे । यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले तिनाउका सबै गाउँमा विद्युत सुविधा पुर्याउने गरि काम अघि बढाइने बताए । गाउँपालिकामा रहेका केही गाउँहरुमा अझै पनि विद्युत सेवा पुग्न नसकेका ठाउँहरुमा पनि स्थानीय सरकारले पहल गरि सुविधा विस्तार गरिने बताए ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्रले विद्युत सेवाको प्रयोग गर्दा चुहावट नियन्त्रणलाई पनि ध्यान दिन आग्रह गरे । विद्युत प्राधिकरण एक्लैको प्रयासले मात्रै चुहावट नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै उनले उपभोक्ताहरुमा चेतना तथा सहयोगको खाचो आवश्यक हुनेमा जोड दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान