ताजा अपडेट »

राजमो अध्यक्ष केसीलाई कोरोना संक्रमण

बुधबार, २६ कार्तिक २०७७, १८ : ०९
4 Shares

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । केही दिनदेखि अस्वस्थ केसीलाई बुधबार कोरोना संक्रमणको पुष्टि भएको पारिवारीक श्रोतले जनाएको छ ।

केसी झण्डै एक महिनादेखि रुपन्देहीको भैरहवामा थिए । भैरहवामा रहँदा रुघा, खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटि आए पनि स्वास्थ्यमा सुधार नभएपछि उनी मंगलबार काठमाडौँ आएका थिए ।

केसीलाई मंगलबार नै मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।