ताजा अपडेट »

नेपालमा थप २५६९ जनामा संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

बुधबार, २६ कार्तिक २०७७, १६ : २९
6 Shares

बुटवल । नेपालमा थप २ हजार ५६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५६९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६६ ना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६२ हजार २४३ जना स‌ंक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । क्वारेन्टिनमा १ हजार १०९ जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।