ताजा अपडेट »

मंसिर २ गते सार्वजनिक बिदा

बुधबार, २६ कार्तिक २०७७, १६ : १६
4 Shares

बुटवल । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

नेवार समुदायले ३० गते लक्ष्मीपूजा, मंसिर १ गते म्हपूजा र मंसिर २ गते किजापूजा गर्ने भएकाले उनीहरुलाई सम्बोधन गर्न बिदा दिइएको हो । सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्था बन्द हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।