ताजा अपडेट »

सुरु भयो कुम्भ मेला

मंगलबार, ०१ माघ २०७५, १६ : १३
52 Shares

माघ १,

विश्वकै ठूलो कुम्भ मेलाका रुपमा लिइने गरेको प्रयागराज कुम्भ मेला सुरु भएको छ । भारतको उत्तर प्रदेशको प्रयागराजमा ४९ दिनसम्म चल्ने कुम्भ मेला सुरु भएको हो ।

कुम्भ मेलाको पहिलो शाही स्नान मंगलबार बिहान सुरु भएको हो । योसँगै मेलाको आधिकारिक सुरुवात भएको छ । यो मेलाको समापन आउँदो मार्च ४ मा हुनेछ । यो बिचमा पर्ने आठ मुख्य पर्वमा शाही स्नान हुनेछ ।

शाही स्नानलाई मध्यनजर गरी प्रयागराजका सबै शैक्षिक संस्था तीन दिनका लागि बन्द गरिएका छन्। ४९ दिनसम्म चल्ने यो वर्षको कुम्भ मेलामा झण्डै १२ करोड मानिस सहभागी हुने अनुमान छ । यसरी आउनेमा १० लाख भन्दा बढी विदेशी नागरिक हुने अनुमान गरिएको छ ।

उत्तर प्रदेश सरकारले यो वर्षको कुम्भ मेला अहिलेसम्मकै भव्य रहेने बताएको छ । कुम्भ मेला आयोजना हुने प्रयागराजमै ब्राह्माण्डको उद्भव भएको मानिन्छ र यसलाई पृथ्वीको केन्द्रका रुपमा पनि लिइन्छ ।

यस्तै सृष्टि निर्माण हुनु पूर्व यहि स्थानमा भगवान ब्रह्माजीले अश्वमेघ यज्ञ गरेको मान्यता पनि छ । मेलास्थल यो वर्ष ४५ वर्ग किलोमिटरमा फैलिएको छ । यसअघिका मेलामा २० वर्ग किलोमिटर क्षेत्रफल छुट्याइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।