ताजा अपडेट »

विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका खलिफाको निधन

बुधबार, २६ कार्तिक २०७७, १६ : ००
4 Shares

बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा अमेरिकामा निधन भएको हो ।

उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने बताइएको छ । प्रधानमन्त्रीको निधनमा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले दुःख व्यक्त गरेका छन् ।

बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर खलिफाले काम गरेका थिए । उनी सन् १९७० मा बहराइनको प्रधानमन्त्री भएका थिए । हालसम्म पनि उनी प्रधानमन्त्रीनै थिए । उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति पनि हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।