November 25, 2020, Wednesday
२०७७ मंसिर ११, बिहीबार

कोरियाली राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्ने

180

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसैसाता अमेरिकाका राष्ट्रपति-निर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्ने भएको राष्ट्रपति कार्यालयले जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै नेताबीच फोनमा कुराकानी गर्न समय मिलाउन लागिएको जनाएको छ ।

दुबै नेताबीच द्वीपक्षीय मामिलाका विविध विषयका साथै कोरियाली प्रायःद्वीपको शान्ति प्रक्रियाको प्रयास, आर्थिक तथा अन्य क्षेत्रको विस्तार, जलवायु परिवर्तनका बारेमा कुराकानी हुनेछ ।

राष्ट्रपति मूनले आइतबार राष्ट्रपति–निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति–निर्वाचित कमला ह्यारिस दुबैलाई ट्वीटर मार्फत बधाई दिएका थिए । मूनले दुबै देशबीच निरन्तर सम्वाद स्थापित गर्न संचारका विविध साधनको प्रयोग गरेका छन् । योनहाप

पछिल्लो अपडेट