ताजा अपडेट »

जुवाखालबाट समातिएका पूर्वराज्यमन्त्री खोभारी धरौटीमा छुटे

बुधबार, २६ कार्तिक २०७७, १५ : ३५
12 Shares

काठमाडौं । जुवाको खालबाट पक्राउ परेका पूर्वराज्यमन्त्री खोभारी रायसहित अन्य १० जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत, काठमाडौंले तीन हजार रुपैयाँ धरौटी लिएर शुक्रबार पूर्वराज्यमन्त्री रायसहित १० जना जुवाडेलाई छोड्न आदेश दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई हिरासतमुक्त गरेको हो ।

गत १६ कात्तिकमा पूर्वराज्यमन्त्री रायसहित १० जनालाई १ लाख ५३ हजार रुपैयाँसहित महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले जुवाखालबाट पक्राउ गरेको थियो ।  २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राय राज्यमन्त्री भएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।