December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

अब पत्थरीको सम्पूर्ण उपचार सुर्खेतबाटै हुने

144

कर्णाली । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र भित्रिएसँगै यससम्बन्धी बिरामीले सुलभ र सहज उपचार पाउने भएका छन् ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले उक्त यन्त्र रु एक करोड २७ लाखमा खरिद गरेको जानकारी दिए । उनका अनुसार होल्मियम लेजर प्रविधिबाट ढुङ्गालाई धूलो बनाई सिधै पिसाबका माध्यमबाट बाहिर पठाइनेछ । “यो सुविधा प्रदेशमै थिएन, हामीले कर्णालीमा भित्र्याएका छौं”, डा खड्काले भने, “यसले पिसाब नलीबाट रगत बग्ने समस्याको निराकरण हुनुका साथै स्वास्थ्यकर्मीलाई शल्यक्रिया गर्न सहज हुनेछ, हाल लेजर पद्धतिबाट गरिने यूरो सर्जरीको शुरुवात गरेका छौं ।”

global-corona-notice

पछिल्लो अपडेट