ताजा अपडेट »

कृत्रिम फूलका मालाहरु विस्थापित हुँदै

बुधबार, २६ कार्तिक २०७७, १३ : ३६
2 Shares

गुल्मी । नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहारको लागि प्रयोग गरिने कृत्रिम फूलका मालाहरुले तम्घास बजार झकिझकाउ हुने गर्दथ्यो । तर, यसवर्ष भने तम्घास बजारमा कृत्रिम फूलका मालाहरु भित्रिएका छैनन् । तिहार पर्वलाई मध्यजनर राखेर गुल्मी सदरमुकाम तम्घास बजारमा फूलको मालाको सट्टामा प्रयोग हुने कृत्रिम मालाहरु यो वर्ष भने भित्रिएका छैनन् ।

जिल्लाका विभिन्न स्थानीय तहले कृत्रिम माला निषेध गरेकाले र फूलहरुकै माला लगाउनु पर्छ भन्ने मान्यताले पनि यसवर्ष बजारमा अघिल्लो वर्षहरुमा जस्तै कृतिम मालाहरु नभित्रिएका हुन् । तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृत्रिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती समेत नगर्नुले पनि कृत्रिम मालाहरु प्रयोग बढ्ने क्रम बढदो क्रममा थियो । तर, हाल भने जिल्लामा कृत्रिम फूलका मालाहरु तर्फ भन्दा प्रकृतिमा रहेका फूलका मालाहरु तर्फ आर्कषण बढेका छ ।

गाउँमा फुलको खेती पनि नगर्नु र केहि आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृत्रिम फूलमा आश्रीत हुनु परेको थियो । त्यसको अन्त्य गर्न जिल्लाका स्थानीय तहले कृत्रिम फूलका मालाहरुलाई निषेध गर्दै पनि आएका छन् । कृत्रिम फूलका मालाहरु भन्दा प्रकृतिमा लगाएर फूलेका फूलहरु लगाउन सुन्दर देखिने भएकाले यस वर्ष बजारमा कृत्रिम फूलका मालाहरु बजारमा नभित्रिएको तम्घास उदिनढुंगाका व्यवसायी गिरिराज भण्डारीले बताए ।

उनले यसवर्ष कोरोना महामारीले खासै चहलपहल नभएकाले पनि अघिल्लो वर्ष जस्तो कृत्रिम फूलका मालाहरु बजार नभित्रिएको तर्क रहेको छ । तर अहिले समाजमा कृत्रिम फूलक मालाहरु भन्दा किनेर भएपनि फूलकै मालाहरु लगाउनु पर्छ भन्ने मान्यताको विकास भएकाले पनि कृत्रिम फूल मालाहरु विस्थापित गर्न थालेको स्थानीयको तर्क रहेको छ । तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रही आएको छ । गाउँमा फुलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृत्रिम मालाहरु लगाइदिने गर्दछन् ।

तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकताले च्यापिदिएको छ । पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउमा यो विस्थापित नै भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।