१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

कर्णाली । कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिइने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंक लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतसँग समझदारी गरेको छ ।

Advertisement

कर्णाली प्रदेशका १० वटै जिल्लाका जोसुकै उद्यमी कृषकले अब उद्यम गर्न चाहेमा पैसाका कारणले अल्झिनुपर्ने छैन । कृषि तथा पशुपक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहने कृषकका लागि कर्णाली प्रदेश सरकारले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

उनका अनुसार आजदेखि कर्णालीमा कृषि तथा पशुपक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहनेका लागि कृषि विकास बैंकमार्फत् १० जिल्लाका १८ शाखाबाट दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंकसँग मन्त्रालयको सम्झौता भएको छ । उनले यो अवसर लिई कर्णालीमा कृषिमा क्रान्ति ल्याउनसमेत सबै कर्णालीवासीलाई अनुरोध गरेकी छन् ।

यसरी ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले रु एक लाख रकमको वार्षिक रु दुई हजार मात्रै ब्याज तिर्नुपर्नेछ । ऋण लिदाँ उनीहरुले धितो भने अनिवार्य राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजना अनुसार रु एक लाखदेखि एक करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ । कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै व्यक्तिको आम्दानी बढाउन यस्ता कार्यक्रम ल्याउन जोड दिइएको मन्त्री केसीको भनाइ छ ।

सो कामको लागि मन्त्रालयका तर्फबाट सचिव राजेन्द्रप्रसाद मिश्र र बैंकका तर्फबाट उपमहानिर्देशक प्रताप सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रले कर्णालीका युवालाई विदेश पलायन हुनबाट रोक्न र कृषि पेशामा आकर्षण गर्ने विश्वास लिइएको छ । समझदारी पत्र अनुसार कृषकलाई बचत गर्ने बानीको विकास गर्न, परियोजनामा स्वलागत वृद्धि गर्न, अनुदान रकमको सदुपयोगिता एवं पारदर्शिताका लागि सम्बन्धित कृषक समूहको खाता निःशुल्क रुपमा कृषि विकास बैंकमा खोल्न दुवै पक्षद्वारा सहजीकरण गरिनेछ । यस प्रकारका विद्युतीय सेवा एवं बैंकले ल्याउने अन्य प्रकारका सुविधामा छुट दिइने छुटमा प्राथमिकता दिइनेछ ।

मन्त्रालयबाट सञ्चालित व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रमअन्तरगतका शीर्षकमा पर्ने कर्जा मन्त्रालयले सिफारिस गरेबमोजिम तथा कर्जा कार्यविधिमा व्यवस्था भएबमोजिम र बैंकको प्रक्रिया पुरा गरेको खण्डमा ब्याज अनुदानसहित कर्जाका रुपमा बैंकले कजा प्रदान गर्नेछ । साथै बैंकले उपलब्ध गर्ने ऋण साना तथा सीमान्तकृत कृषकले सजिलोसँग लिन सक्नेगरी सहजीकरण गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने