१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

लहान : डिभिजन वन कार्यालय लहानले आर्थिक वर्ष २०७६/७७ मा नयाँ पोखरी निर्माणसँगै जिल्लाका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ वटा पोखरीको जिर्णोद्धार गरेको छ ।

Advertisement

सिमसार क्षेत्र सम्भार तथा जिर्णाेद्धार कार्यक्रमअन्तर्गत लहान नगरपालिका–१५ स्थित भरोसिया सामुदायिक वन, झौवाई खोल्सी सामुदायिक वन, बाबाजी सामुदायिक वन, लहान नगरपालिका–२४ स्थित खप्डेडाँडा सामुदायिक वन, सिउलाडिह सामुदायिक वन, कर्जन्हा नगरपालिकास्थित नन्दबाबा सामुदायिक वन र नरहा गाउँपालिका–३ स्थित जोभा प्राकृतिक सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए । 

यस्तै आर्थिक वर्ष २०७६र७७ मै सिमसार क्षेत्र मर्मत कार्यक्रमअन्तर्गत लहान–१७ स्थित गोविन्दमुरारी सामुदायिक वन, कोइरालो खोला, नौडेगा सामुदायिक वन, गोलबजार नगरपालिकास्थित लामाडाँडा, कर्जन्हा नगरपालिकास्थित कमला किनार र लहान नगरपालिका–१७ को राजदेवी मन्दिर क्षेत्रको पोखरी जिर्णाेद्धार गरिएको प्रमुख दासले बताए ।

कार्यालयले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिँदै ती पोखरीको जिर्णाेद्धार गरेको हो । विगत एक वर्षको अवधिमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै प्रमुख दासले सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सबै पक्षको सहयोगमा सतप्रतिशत कार्यान्वयन गराउन सफलता मिलेको बताए । 

डिभिजनल वन कार्यालयले एक वर्षे अवधिमा दुई स्थानमा सिमसार क्षेत्रको संरक्षण तथा एक स्थानमा अतिक्रमण हटाई वन व्यवस्थापन गर्नुका साथै विभिन्न जातका १५ लाख बिरुवा उत्पादन गरेर सतप्रतिशत लक्ष्य प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । यस्तै ग्रामीण भेगका वनमा विविध जातका बिरुवा उपलब्ध गराइरहेको तथा चुरे क्षेत्र संरक्षणका लागि समेत विशेष कार्य योजना तयार पारेको प्रमुख दासको भनाइ छ । 

वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न सरोकारवाला समेतको रायसुझावमा एकीकृत कार्ययोजना बनाएर बढ्दा सफलता मिल्दै गएको उनले बताए । यस्तै तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षरोपण, जीविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको छ ।

बर्सेनि जङ्गल क्षेत्र कम हुँदै गई साँघुरो बन्दै जानु, जङ्गली जनावरको अस्तित्व सङ्कटमा पर्नु तथा हरियाली प्रवद्र्धन कार्यसमेत प्रभावित भइरहेका बेला वन कार्यालयले तयार पारेको कार्ययोजनाले जिल्लालाई आफ्नै क्षेत्रको वनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित