ताजा अपडेट »

सुनको मूल्य बढ्यो

बुधबार, २६ कार्तिक २०७७, १२ : ००
2 Shares

बुटवल । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ।

तेजावी सुन तोलाको ९४ हजार ४ सय रुपैयाँ रहेको छ । मंगलबार सुन प्रतितोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।