ताजा अपडेट »

दाङ दुर्घटना अपडेट: मृतक तीन जनाकै सनाखत

बुधबार, २६ कार्तिक २०७७, ११ : ३६
2 Shares

दाङ । दाङमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्युहुनेमा राप्ती गाउँपालिका–५ सिसहनिया बस्ने वर्ष १६ का मनोज गाह मगर, वडा नम्बर २ बस्ने १८ कसम पुन मगर र वडा नम्बर ८ पिपरी बस्ने वर्ष १८ का दिनेश घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ । राप्ती गाउँपालिका– ४ मौरिघाटस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिँदा मोटरसाइकलमा सवार तिन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटरसाइकल र ट्रक दुबै अत्याधिक तीव्र गतिमा भएको कारण मानवीय क्षति भएको स्थानीयको भनाई छ । मोटरसाइकललाई ठक्कर दिई ट्रक चालक सम्पर्क विहिन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।