ताजा अपडेट »

घुस लिएको अभियोगमा बुटवलका प्रहरी हवल्दारविरुद्ध मुद्दा

बुधबार, २६ कार्तिक २०७७, ०० : २०


काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनीविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ । सेवाग्राहीको जातीय विभेदसम्बन्धी मुद्दा मिलाइदिने भन्दै हवल्दार सहनीले रु चार लाख घुस लिएको आरोप लागेको छ ।

आयोगको टोलीले केही दिन पहिले सहनीलाई स्थलमै पक्राउ गरेको थियो ।आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।