ताजा अपडेट »

१३औं आइपीएलको उपाधि मुम्बई इन्डियन्सलाई

मंगलबार, २५ कार्तिक २०७७, २३ : ०९
8 Shares

बुटवल । यूएईमा सम्पन्न १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आज सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले १३औं संस्करणको उपाधि हासिल गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई आइपिएलको पाचौं पटक च्याम्पियन बन्न सफल भएको छ ।मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्ली क्यापिटल्सले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै मुम्बईले उपाधि जित्न सफल भएको हो ।दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै आइपिएलको पाँचौ उपाधि जित्न सफल भएको हो ।

रोहित शर्माको कप्तानीमा मुम्बईले यस सिजनको उपाधि जित्न सफल भएको छ । फाइनलमा पुगेको टिम दिल्लीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि सम्मिलित छन् । तर, लगातार तेस्रो सिजन आईपीएल खेलिरहेका उनले यस वर्ष बेन्चमै सिमित रहे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।