ताजा अपडेट »

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको मृत्यु

मंगलबार, २५ कार्तिक २०७७, २१ : १७
8 Shares

दाङ्ग । ट्रकले ठक्कर दिँदा दाङमा तीनजना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटस्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक तीनजनाको नाम, ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । मृतक तिनजनाको टाउको बीचबाट चिरापरेको र खुट्टा चुडिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।