ताजा अपडेट »

तस्कर माथि अप्रेशन : ५ लाख बढीको मालसमान बरामद

मंगलबार, २५ कार्तिक २०७७, २० : २४
4 Shares

परासी । पश्चिम नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिको निर्देशनमा चाड पर्वका लागि विशेष सतकर्ता अपनाइने भएको छ । तिहार नजिँकदै गर्दा हुन सकने अप्रिय घटना तथा अपराधीक क्रियाकलाप नियन्त्रण गर्न र तस्करी न्यूनीकरण गर्नका निमित्त समेत पश्चिम नवलपरासीमा व्यापक प्रहरी परिचालन गरिनुको साथै प्रहरीले विशेष सतकर्ता बढाएको हो। त्यसैगरि एसपी केसीकै विशेष निर्देशनमा प्रहरीले आज भारतीय सिमावर्ती एरियाबाट करिब ५ लाख ७४ हजार ८ सय ७४ मुल्य बराबरको विभिन्न अवैध मालसामान बरामद गरेको छ ।

दिउँसो १५ः३० बजेको समयमा भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब ५१ हजार ७ सय ६० मूूल्य बराबरको सेन्डो भेष्ट ठूलो २५० थान, सेण्डो भेष्ट सानो १२० थान अमुल कट्टु १०८ थान र ट्राउजर ९६ थान लगाएतका सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ४ वाइपासबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइदेखि सामान फाली मोटरसाईकल लिई मानिस भागेका थिए ।

त्यसैगरी दिउँसो १६ः५० बजेको समयमा भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको करिब ५ लाख २३ हजार १ सय १४ मूूल्य बराबरको टावेल (झाडन) १० पिस, सल १० पिस , सुट १० पिस, उलन सुट २० सेट, गाडीको बिभिन्न पार्टपूर्जाहरु, थान कपडा २७ रोल (जेन्स सर्ट) ५०६ मिटर, सुट २४ पिस, साडी ५ पिस लु ३६ प ६४९३ नं. को १५० ccको पल्सर मो.सा. , लु २ प ७५३० नं. को हिरो होण्डा मो.सा. र UP 56 AB 4581नं. को भारतीय प्लाटिना मो.सा लगाएतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गा.पा. वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको छ ।

उक्त सामान मोटरसाइकलमा राखी ल्याउँदै गर्दा प्रहरी टोलीलाइदेखि ३ वटा मोटरसाइकल र सामान छोडी मानिस भागेका थिए । बरामद गरिएका सम्पूर्ण सामान तथा नियन्यत्रणमा लिइएका उल्लेखित ३ वटा मोटरसाइकल समेत आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।