ताजा अपडेट »

ब्राजिलमा बिरामीको मृत्युुपछि चिनियाँ भ्याक्सिनको परीक्षण स्थगित

मंगलबार, २५ कार्तिक २०७७, १६ : ५९
2 Shares

काठमाडौँ । चिनियाँ कोभिड १९ भ्याक्सिनको परीक्षण ब्राजिलमा रोकिएको छ । स्वास्थ अधिकारीहरुले गम्भिर घटना रिपोर्ट गरेपछि परीक्षण रोकिएको बीबीसीले जनाएको छ । ब्राजिली स्वास्थ नियमनकर्ता एन्भिसाका अनुसार २९ अक्टुुबरमा यो घटना घटेको थियो, तर उनले यसबारे बिस्तृत जानकारी दिएनन् ।

ब्राजिलमा भ्याक्सिनको परीक्षण गरिरहेको मेडिकल रिसर्च इन्स्टिच्युट बुटानटानका प्रमुख दिमास कोभासले स्थानीय मिडियालाई दिएको जानकारीअनुसार बिरामीको मृत्युसँग सम्बन्धित घटनाका कारण परीक्षण बन्द गरिएको हो । यद्यपि, यो मृत्युको सम्बन्ध भ्याक्सिनसँग नरहेको पनि उनले बताएका छन् । सिनोभ्याकले यस विषयमा ब्राजिलसँग सम्पर्क गरिएको जनाएको छ ।

‘यो गम्भिर घटना भ्याक्सिनसँग सम्बन्धित नरहेको विश्वास बुटानटान इन्स्टिच्युटको रहेको हामीले बुुझेका छौं,’ कम्पनीले निकालेको विज्ञप्तिमा भनिएको छ,‘ब्राजिलमा यो क्लिनिकल अध्ययन ९जिसिपी० गुुड क्लिनिकल प्राक्टिसको मापदण्डअनुसार अनुसार कडाईका साथ गरिएको छ र हामी भ्याक्सिनको सुरक्षालाई लिएर विश्वस्त छौं ।’

चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले निर्माण गरेको भ्याक्सिन विश्वभर अन्तिम चरणको परीक्षण भइरहेका थुुप्रै भ्याक्सिनमध्ये एक हो । सिनोभ्याकले यस भ्याक्सिनको सुरक्षालाई लिएर आफु विश्वस्त रहेको बताउँदै आएको छ । यस कम्पनीले चीनमा हजारौं व्यक्तिलाई आपतकालिन प्रयोग कार्यक्रमअन्तर्गत प्रतिरोधी बनाउन भ्याक्सिनको प्रयोग गरिरहेको छ ।

कोरोना भाइरसबाट अति प्रभावित देशमध्ये ब्राजिल एक हो । यहाँ ५६ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ र अहिलेसम्म १ लाख ६३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । ब्राजिलले गम्भिर घटना देखिएको भन्दै परीक्षण तत्कालका लागि स्थगित गरेपनि यस घटनाबारे स्पष्ट बताइएको छैन । सिनोभ्याकको परीक्षण इन्डोनेशिया र टर्कीमा पनि चलिरहेको छ । इन्डोनेशियाको सरकारी स्वामित्वको औषधी कम्पनीले भ्याक्सिनको परीक्षण निकै प्रभावकारी रुपमा अघि बढिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।