ताजा अपडेट »

अर्घाखाँचीमा यस वर्ष देउसी-भैलो खेल्न नपाइने

मंगलबार, २५ कार्तिक २०७७, १७ : २७
2 Shares

बुटवल । नेपालीहरुको महानचाड शुभ दीपावली (तिहार), छठ लगाएतका चाडवाडहरु नजिँकिदै गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले यस वर्ष देउसी–भैलो खेल्न प्रतिवन्ध लगाएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले मंगलबार एक सूचना जारी गरी देउसी भैलो, मेला, जात्रा तथा अनावश्यक जमघट र भेटघाट जस्ता कार्यक्रमहरु माथि प्रतिवन्ध लगाएको जनाएका छन् ।

यस्तै प्रशासन कार्यालय अर्घाखाँचीले भोज भतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छौ त्यहि बसी मनाउन जिल्लाबासीहरुसँग अनुरोध गरेको छ । चार्डपर्व मनाउने क्रममा भूईचम्पा तथा पटका पड्काउने, आतवासी गर्ने जस्ता कार्यहरुबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्ने भन्दै त्यस्ता बिस्फोटक तथा प्रज्वलनशील पदार्थहरुको खरिद, बिक्रीवितरण तथा ओसारपोसार नर्गन पनि आग्रह गरिएको, प्रमुख जिल्ला अधिकारी पोडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको सूचना !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।