ताजा अपडेट »

नेपालमा थप २ हजार ७३६ जनामा कोरोना संक्रमण

मंगलबार, २५ कार्तिक २०७७, १६ : ३३
10 Shares

बुटवल । नेपालमा थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५३ ना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६० हजार ५७७ जना स‌ंक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ । क्वारेन्टिनमा १०५८ जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।