ताजा अपडेट »

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

मंगलबार, २५ कार्तिक २०७७, १६ : ०६
6 Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले आजै दिउँसो ४ बजे बहुमत सचिवालय सदस्यहरुसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गर्दै छन् । त्यसअघि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेको स्रोतले बताएको छ । हाल दुई अध्यक्षबीच छलफल जारी छ ।

पछिल्लो समय नेकपामा आन्तरिक विवाद चुलिँदै गएको छ । बहुमत सचिवालय सदस्यहरुले बैठक बोलाउन आग्रह गरिरहेका छन् भने ओली त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।