१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

चितवन : भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई स्तरोन्नती गर्ने काम शुरु भएको छ । सडक स्तरोन्नतिका लागि जिम्मेवारी पाएका इण्डो सगुन जेभीले निर्माण कम्पनीेले काम शुरु गरेको हो ।

Advertisement

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार ठेकेदार कम्पनीले सर्भेको काम शुरु गरेको छ । योसंगै सडकको छेउमा रहेका रुख, पोललगायत भौतिक संरचना हटाउने काम अघि बढाइँदै छ । 

निर्माण कम्पनी सगुन जेभीले सो सडक स्तरोन्नतीका लागि कार्यालयसँग २८ महिनामा काम सम्पन्न गर्ने गरि गत असोज २६ गते सम्झौता गरेको थियो । सूचना अधिकारी इञ्जिनीयर खनालका अनुसार रु एक अर्ब १२ करोडको लागतमा छ किलोमिटर उक्त सडकखण्डको स्तरोन्नती गर्न लागिएको छ ।

हाल शहरको मुख्य क्षेत्रमा चार लेन र अन्य भागमा दुई लेन रहेको उक्त सडकखण्डलाई छ लेनमा स्तरोन्नती गर्न लागिएको हो । सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ ।

सडकको बीचमा तीन मिटर हरियालीका लागि छुट्याइएको छ भने चार लेन लामो दूरीका गाडीका लागि र छेउ–छेउमा दुई लेन स्थानीय सवारीका लागि छुट्याइएको सूचना अधिकारी खनालको भनाइ छ । 

उनका अनुसार सवारी साधनलाई यात्रु झार्नका लागि व्यवस्थित ठाउँ हुनेछन् । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ । सडकको दायाँबायाँ र बीचमा आकर्षक सडक बत्ती हुनेछ । उनले भने, “सरासर काम भएमा विसं २०७९ माघ १० गते भित्र सुन्दर सडक वन्नेछ ।”

यो सडकले आवागमनलाई सहज बनाउनुका साथै महानगरको सौन्दर्यलाई समेत बढाउने महानगरका प्रमुख रेनु दाहालको भनाइ छ । उनले भने, “यो सडकको स्तरोन्नतीसँगै महानगरको नारायणगढ र भरतपुर क्षेत्र व्यवस्थित हुनेछ।’

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने