१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

ताप्लेजुङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन्।

Advertisement

फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुन सक्ने बताए ।  शुभकामना सन्देशमा सबैमा उनको मार्गदर्शनमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ ।

विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले जीवनका सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाज सुधारमा खर्चिएको भन्दै मन्त्री भट्टराईले विश्व समुदायको सुधारका लागि उनले पुर्‍याएका योगदानको स्मरण गरेका छन्।

जीवनको अन्तिम समयसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लागेका फाल्गुनन्दले विसं १९८८ मा स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुसरण गर्ने गरेको आफ्नो शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो