ताजा अपडेट »

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

मंगलबार, २५ कार्तिक २०७७, १२ : ३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन्। उनको सन्देशमा भनिएको छ, “राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उनीप्रति उच्च सम्मान प्रकट गर्दछु ।

यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उनको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।” 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।