ताजा अपडेट »

देशभरका झण्डै ५० बढि रेडियोबाट काग सम्मेलन गरिदैँ

मंगलबार, २५ कार्तिक २०७७, ११ : ४५
8 Shares

अर्घाखाँची । हिन्दुहरूको दोस्रो महान चाड शुभ दीपावली (तिहार) २०७७ को पहिलो दिन काग तिहारको अवसर पारेर काग सम्मेलन गरिने भएको छ । विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने प्रतिभा भएका, जिल्ला युवा प्रतिभा पुरस्कारबाट समेत सम्मानित भएका भुवनेश्वर अधिकारीले सन्धिखर्कमा रहेको रेडियो देउराली १०१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयरबाटै काग सम्मेलन गर्ने भएका हुन् ।

अधिकारीले रेडियोको अनएयर बाट प्रत्यक्षप्रसारण मार्फत कागको आवाज निकाली कराउँदा रेडियो देउरालीको स्टुडियो रहेको भवनमा राखिएको स्पिकरबाट आवाज सुनेर कागहरु वरिपरि उड्दा रेडियोको नजिक कागहरु एकत्रित हुने हास्य कलाकार अधिकारीले बताए ।

यस्तै कार्यक्रम रेडियो देउराली सँगै रेडियो अर्घाखाँची, नयाँ एफएम, सुर्योदय एफएम, सगर्व एफएम, लगायत देशभरका ५० भन्दा बढि रेडियोबाट प्रशारण हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।