ताजा अपडेट »

एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य

मंगलबार, २५ कार्तिक २०७७, ११ : ३१
2 Shares

बुटवल । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ७० रुपैयाँले घटेर एक हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।