ताजा अपडेट »

हत्यामा कैद फैसला भएका गिरी १६ वर्षपछि पक्राउ

मंगलबार, २५ कार्तिक २०७७, १० : ४८
6 Shares

भक्तपुर । काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका-७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ ।

विसं २०६१ माघ ११ गते राति ८ बजे सामाखुसीमा हत्या गरी फरार रहेका गिरीलाई १६ वर्षपछि महानगरीय अपराध महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–७ बाट सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लोहनीले गिरीका साथी प्रकाश लामाको कानको मुन्द्रा माग्दा नदिएपछि लामालाई कुटपिट गर्दा भएको विवादमा गिरीले लोहनीको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । जिल्ला अदालत काठमाडौँले विसं २०६४ असार ११ गते कैद सजाय फैसला तोके पनि फरार रहेका गिरी केही समय विदेश बसेर फर्किएपछि उनले आफ्नो नाम सरोज गिरी बताउँदै आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।