१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले चुनाव जितेपछि सबैभन्दा पहिले कोरोना महामारीसँग जुध्नका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् । १३ सदस्यीय यो टास्क फोर्समा तीनजना सह अध्यक्ष र १ सदस्य छन् । टास्क फोर्सबारे बाइडेनले उनले बैज्ञानिक र विज्ञसँग सल्लाह लिने बताएका छन् ।

Advertisement

उनले कोरोना महामारीसँग जुध्नु उनको प्रशासनको पहिलो प्राथमिकता बताएका छन् । उनले भने, ‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको लगातार बढिरहेको संक्रमणमा लगाम लगाउनु हो र मानिसहरुका लागि प्रभावकारी भ्याक्सिन खोज्नु ।’

बीबीसीका अनुसार बाइडेनले बहुमतका लागि आवश्यक २७० इलेक्टोरल कलेज भोटको आँकडा पार गरेका छन् । यद्यपि, ट्रम्पले अहिले नै आफ्नो हार स्विकार गरेका छैनन् र सर्वोच्च अदालत जाने बताएका छन् ।पूरा देशभरी खसेका मतको संख्याको हिसाबले बाइडेन र ट्रम्पबीच ४५ लाख भोटको अन्तर छ ।

शनिबार बाइडेनको जीतको घोषणा गरिएको थियो तत्पश्चात् बाइडेनले ट्रान्जिशन अर्थात् पदको जिम्मेवारी लिनुभन्दा अघिको तयारी सुरु गरेका छन् ।नव–निर्वाचित राष्ट्रपति जो बाइडेन र उप–राष्ट्रपति कमला ह्यारिशले ट्रान्जिशन वेबसाइट लञ्च गरेका छन् जहाँ उनीहरुले कोरोना महामारीका साथै अर्थव्यवस्थालाई पुनः दुरुस्त गर्ने, जातीय समानता र जलवायु परिवर्तनका लागि काम गर्ने बताएका छन् ।

बाइडनको कोभिड–१९ टास्क फोर्स

टास्क फोर्समा कोभिड–१९ भ्याक्सिन बनाउने अभियानमा निगरानी राख्ने सरकारी एजेन्सीका प्रमुख तथा इम्युनोलोजिस्ट डाक्टर रिक ब्राइट प्रमुख हुन् ।यसमा ती जानकार पनि समावेश छन् जो पहिलेको रिपब्लिकन सरकार र डेमोक्रेटिक सरकारसँग काम गरेका छन् ।बाइडेनले महामारी नियन्त्रणका लागि आफूले राज्य र स्थानीय अधिकारीको सल्लाह लिने पनि बताएका छन् ।

फेडरेशन अफ अमेरिकन साइन्टिस्टमा सिनियर फेलो डाक्टर एरिक फिजल डिंगले बीबीसीसँगको कुराकानीमा महामारीसँग जुध्नका लागि सबैभन्दा पहिलो काम भने विज्ञानलाई आधार बनाएर नीति बनाउनु । यसो गर्न डोनल्ड ट्रम्प विफल रहे ।डाक्टर एरिक भन्छन्, ‘यो मामिलामा मास्क लगाउने विषयमा मिश्रित प्रतिक्रिया थियो र नेतृत्व पनि तनाव दिने किसिमको थियो । औषधीको विषयमा हतार गर्नु भनेको विज्ञानको गलत प्रयोग थियो ।’

‘मलाई लाग्छ कि बाइडेनले डाक्टर रिकलाई छानेर निकै राम्रो काम गरेका छन् । उनी पहिले नै बायोमेडिकल एडभान्स रिसर्च एण्ड डेभलपमेन्ट अथोरिटीका प्रमुख भइसकेका छन् । उनी ती डाक्टरमध्ये एक हुन् जसले महामारीसँग जुध्ने ट्रम्पको तरिकाको आलोचना गरेका थिए । ’ ‘उनले सर्जन जनरल डाक्टर विवेक मर्फी र फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन डेभिड केसलरलाई छानेका छन् । यसले यो बताउँछ कि उनी विज्ञान बुझ्छन् ।’डाक्टर रिक ब्राइटका अनुसार समय हुँदा नै कोभिड बारे दिइएको चेतावनीलाई ट्रम्प प्रशासनले नजरअन्दाज गरेको थियो । 

प्रतिकृया दिनुहोस्

Flash News

विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी !