December 2, 2020, Wednesday
२०७७ मंसिर १८, बिहीबार

कोरोनाविरुद्धको अमेरिकी–जर्मन खोप ९० प्रतिशत प्रभावकारी

354

प्रारम्भिक अनुसन्धानले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिन ९० प्रतिशत भन्दा बढी प्रभावकारीहुने देखाएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर यो भ्याक्सिन तयार गरेका हुन् । परीक्षणमा भ्याक्सनको प्रभावकारीता उत्कृष्ट देखिएको दिनलाई  फाइजर कम्पनीका मालिक अल्बर्ट बोउर्लाले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् ।

यो भ्याक्सिन ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण भइसकेको छ र सुरक्षाका विषयमा कुनै सवाल उठेको छैन । यी कम्पनीहरुले यसै महिनाको अन्त्यसम्म भ्याक्सिन प्रयोग गर्न पाउनेगरी आपतकालिन स्वीकृति लिन आवेदन दिने योजना बनाएका छन् । फिजर कोभिड भ्याक्सिनको समाचारपछि स्कट मार्केट आकाशिएको छ ।  मानिसहरुले झेलिरहेको लकडाउन र अन्य विभिन्न खाले कडाइबाट बाहिर निस्कनका लागि भ्याक्सिन र अन्य उत्कृष्ट उपचारहरुलाई उपयुक्त बाटोका रुपमा हेरिएको छ । 

अहिले झन्डै एक दर्जन भ्याक्सिनहरु अन्तिम चरणको परीक्षणमा छन् । तर, प्रभावकारी नतिजा देखाउने यो पहिलो भ्याक्सिन हो । यसले पूर्णत प्रयोगात्मक तरिका अबलम्बन गर्छ, जसअनुसार प्रतिरोधी प्रणालीलाई अभ्यस्त गराउन भाइरसको जेनेटिक कोडको हिस्सामा इन्जेक्ट गरिन्छ । विगतका परीक्षणहरुले देखाएअनुसार एन्डिबडी  र कोरोनाविरुद्ध लड्ने प्रतिरोधी प्रणालीको अर्को हिस्सा ‘टी सेल्स’ दुबै निर्माण गर्न भ्याक्सिनले शरीरलाई अभ्यस्त गराउँछ । तीन साताको फरकमा दुई डोजन लगाउनुपर्छ । 

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणले दोस्रो डोज लगाएको ७ दिनपछि ९० प्रतिशत सुरक्षा मिलेको देखाएको हो । फिजरले वर्षको अन्त्यसम्म ५ करोड डोज भ्याक्सिन आपुर्ति गर्नका लागि आफु सक्षम हुने विश्वास गरेको छ । त्यस्तै,  वर्ष २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड भ्याक्सिन तयार गर्न सकिने कम्पनीले जनाएको छ । 

global-corona-notice

पछिल्लो अपडेट