ताजा अपडेट »

अर्घाखाँची सिमेन्टद्वारा ७० हजार बढी मास्क निःशुल्क वितरण

सोमबार, २४ कार्तिक २०७७, १८ : २१
6 Shares

बुटवल । अर्घाखाँची सिमेन्ट प्रालिले विभिन्न ठाउँमा ७० हजार बढी मास्क वितरण गरेको छ । विश्वव्यापी कोरोना महामारीबाट सुरक्षित हुनका लागि भन्दै प्रा.लिले विभिन्न सरकारी कार्यालय, सार्वजनिक स्थल तथा सुरक्षाकर्मी लगायतलाई केएन-९५ मास्क वितरण गरेको हो ।

प्रालिका बजार व्यस्थापक निलकण्ठ खनालका अनुसार कम्पनीले गत असोज २८ गतेदेखि सोमबारसम्म रुपन्देही, कपिलस्तु, पाल्पा, अर्घाखाँची तथा नवलपरासी लगायतका जिल्लाहरुमा अवस्थित प्रहरी कार्यालय, सरकारी कार्याल, तथा सार्वजनिक स्थलहरुमा सर्वसाधरणहरुलाई समेत मास्क वितरण गरेको हो । आगामी दिनहरुमा समेत निःशुल्क मास्क वितरणको कार्यक्रमलाई जारी राख्ने खनालले बताए ।

संक्रामक अवस्थामा जनस्वास्थ्यको लागि केही टेवा पुग्ने हुँदा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मास्क लगाएतका स्वास्थ्य सामग्री सहयोग गर्दै आएको र यसलाई अभियानका रुपमा निरन्तरता दिइने कम्पनीका महाप्रबन्धक उद्धब बहादुर कार्कीले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।